Rule 35
प्रमाणपत्र रद्द हुने
(१) नियम ३३ बमोजिम निलम्बन गरिएको प्रमाणपत्रका सम्बन्धमा नियम ३४ बमोजिम छानविन गर्दा निलम्बन गर्नु पर्नाको कारण प्रमाणित भएमा सम्बन्धित ग्राहकलाई प्रमाणपत्र रद्द गर्नु नपर्ने कुनै कारण र प्रमाण भए सो सहित पेश गर्नको लागि तीन दिनको समयावधि दिइनेछ ।
(२) उपनियम (१) बमोजिमको अवधिभित्र पेश भएको सफाई सन्तोषजनक नभएमा वा सफाइ पेश नगरेमा प्रमाणीकरण गर्ने निकायले त्यस्तो प्रमाणपत्र रद्द गर्नेछ ।
(३) उपनियम (१) बमोजिम सोधिने स्पष्टीकरण ग्राहकको नाममा निजले उपलब्ध गराएको ठेगानामा डिजिटल हस्ताक्षर सहितको इमेल मार्फत सोध्न सकिनेछ ।